Kathmandu Press

कांग्रेसले भन्यो - युवा प्रदर्शनलाई दमन होइन, सम्बोधन गर 

काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर युवाहरुले गरिरहेको प्रदर्शनलाई दमन नगर्न आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्म....

कांग्रेसले भन्यो - युवा प्रदर्शनलाई दमन होइन, सम्बोधन गर 

काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर युवाहरुले गरिरहेको प्रदर्शनलाई दमन नगर्न आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ती जारी गर्दै प्रदर्शनलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका हुन्। यस्तै शर्माले कोरोना परीक्षणको क्षमता बढाउन र नक्सा पारित गरेपछि कुटनैतिक पहल तिब्र बनाउन समेत सरकारसँग आग्रह गरेका छन्। 

यस्तो छ विज्ञप्तीः

नक्सा राष्ट्रियताको प्रश्नमा राष्ट्रिय एक्यवद्धता

१. लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भू—भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची - ३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट पारित हुन लाग्दैछ। नक्सा पारित हुनुसँगै भूमि फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुनेछ। राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय एक्यवद्धता महत्वपूर्ण छ। नक्सा पारितपछि ती भू—भागमा नेपालको निर्वाध हक स्थापित गर्न उच्च स्तरीय कुटनैतिक पहलका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ।

दमन होइन युवा भावना सम्बोधन गर

२. देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्शनलाई कोरोनाविरुद्धको संघर्षमा केपी ओलि नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा नेपाली कांग्रेसले लिएको छ।

३. प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो न त यसरी जनआक्रोश बढ्ने थियो। सरकारको आग्रह स्वीकारेर जनताले लकडाउनको पालना गर्दै आएकै हो। तर कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक हो। अतः प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ।

४. युवाहरुको प्रदर्शनमा तीनै मुद्दा अघि सारिएका छन् जुन बिषयहरु लगातार ४ महिना देखि प्रतिपक्षले निरन्तर मौखिकदेखि लिखित रूपमा उठाउँदै आएको छ र अन्य दल एवं सञ्चार माध्यमहरुले निरन्तर दबाब दिँदै आएका छन्। अतः पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ सामग्री पर्याप्त ब्यवस्था गर्न, क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाउन, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरुको यथासिध्र उद्वार गर्न नेपाली कांग्रेस फेरि पनि सरकार समक्ष युद्धस्तरमा कार्य गर्न माग गर्दछ।

असार २ गतेको स्वदेश र विदेशको कार्यक्रमबारे

५. नेपाली कांग्रेस केन्द्रीय समितिको जेठ २६ गतेको बैठकले निर्णय गरे अनुरुप असार २ गते केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र विदेशस्थित दूतावासमार्फत पनि सरकारलाई एकसाथ विशेष ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको सर्वविदितै छ। सो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेर कोरोनाविरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिन नेपाली कांग्रेस सबैमा हार्दिक अपील गर्दछ।

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्