कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बस्न लागेको छ।
संविधान संशोधनका विषयमा छलफल गर्न सङ्घीय संसद्....

काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले बस्न लागेको छ।
संविधान संशोधनका विषयमा छलफल गर्न सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताए।
आज संसद्बाट लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्न लागिएको छ। त्यहि विषयमा संसदीय दलको बैठकले छलफल र निर्णय गर्ने जनाएको छ।
प्रकाशित मिति: १२:१२ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











