प्रदेश १ मा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ३० : प्रदेश १ मा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आ....

काठमाडौं, जेठ ३० : प्रदेश १ मा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु झापा, मोरङ सुनसरी, उदयपुर र इलामका रहेका छन्।
उदयपुरका ३ पुरुष, सुनसरीका ११ जना, झापाका १३ जना, मोरङको २ जना र इलामको १ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३४ पुगेको छ।
प्रकाशित मिति: १९:४८ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











