महाराष्ट्रका एक मन्त्रीलाई कोरोना संक्रमण
मुम्बई, जेठ ३० : कोरोनाभाइरसबाट संक्रमितको संख्या बढिरहेको भारतका एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ संक्रमण देखिएको छ।
भारतको मुम्बई प....

मुम्बई, जेठ ३० : कोरोनाभाइरसबाट संक्रमितको संख्या बढिरहेको भारतका एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ संक्रमण देखिएको छ।
भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएको श्रोतले जनाएको छ। संक्रमित मन्त्री एनसीपीका नेता रहेका छन्।
ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा संक्रमित हुने तेस्रो मन्त्री हुन्।
यसअघि संक्रमित भएका मन्त्रीहरुमा कांग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद थिए। उनीहरुलाई अहिले निको भइसकेको छ ।
बिहीबार राति अबेर उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको हो। उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको छ।
मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ। उनीहरुलाई आइसोलेसनमा राखिएको छ।











