१६ सांसदले फेरि गराए कोरोना परीक्षण
काठमाडौं, जेठ ३० : कोरोना संक्रमण परीक्षण गरेपछि बजेट अधिवेशनको बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन्। संसद सचिवालय....

काठमाडौं, जेठ ३० : कोरोना संक्रमण परीक्षण गरेपछि बजेट अधिवेशनको बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन्। संसद सचिवालयले पुन परीक्षण नगराई बैठकमा सहभागी हुन नदिएपछि सांसदहरुले परीक्षण गराएका हुन्।
बजेट अधिवेशनपछि कोही सांसद उपत्यका बाहिर गएका थिए भने कोही कोरोना संक्रमण फैलिएको क्षेत्रमा पुगेका थिए।
पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरा, पूर्वमन्त्रीसमेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरीलगायतले पुन परीक्षणको लागि स्वाब दिएका छन्।
प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











