Kathmandu Press

धादिङका २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : धादिङको २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्य परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा धादिङको ज्वालामुखी गाउँपाल....

धादिङका २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : धादिङको २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्य परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण देखिएको हो। 

संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य प्रवत्ता डा. जागेश्वर गौतमले बताए। 

भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६८ जनाको पीसीआर परीक्षण गर्दा २६ जनाम संक्रमण देखिएको हो। 

योसँगै धादिङमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रकाशित मिति: १८:०१ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्