Kathmandu Press

कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : कर्णाली प्रदेशमा शुक्रबार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गर....

कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३० : कर्णाली प्रदेशमा शुक्रबार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार संक्रमितहरु सुर्खेतका ४५ र दैलेखका ३८ जनामा रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ। 

त्यस्तै शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्