Kathmandu Press

देशभर सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ ३० : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको भन्ने सरकरको अभिव्यक्तिको विरोधमा युवाहरुले देशभर प्रदर्शन गर....

देशभर सरकारविरुद्ध प्रदर्शन

काठमाडौं, जेठ ३० : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको भन्ने सरकरको अभिव्यक्तिको विरोधमा युवाहरुले देशभर प्रदर्शन गरेका छन्। 

सामाजिक सञ्जालबाट सञ्चालित अभियान बिहीबारदेखि सडमा शुरु भएको छ। प्रदर्शनमा युवा तथा व्यवसायीहरुको सहभागिता रहेको छ। 

सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाको समूहले शुक्रबार काठमाडौंको बसन्तपुरमा  प्रदर्शन गरेका छन्। मास्क र  मुकुण्डो लगाएर भेला भएका युवाहरुले पीसीआर विधिबाट परीक्षण गरी संक्रमितको पहिचान गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन्।

 ‘माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नुभएको सरकार अहिले यस्तो समयमा पनि भ्रष्टाचार गर्नमा व्यस्त छ।’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीले बोकेका छन्।

त्यस्तै धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकारविरुद्ध यवाको समूह प्रदर्शनमा उत्रिएको छ।

हेटौंडा, बुटवल, भैरहवा, पाल्पा, धनगढी र नुवाकोटमा पनि यवाहरु प्रदर्शनमा उत्रिएका छन्। कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ।

प्रदशर्नकारीले क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै आएका छन्। 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्