Kathmandu Press

भारतमा भयावह बन्दै कोरोना, तीन लाख नजिक संक्रमित

काठमाडौं, जेठ ३० : छिमेकी भारतमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिन थालेको छ। एकै दिन ११ हजार संक्रमित थपिएपछि महामारी फैलिएका देशको सूचिमा चौथो न....

भारतमा भयावह बन्दै कोरोना, तीन लाख नजिक संक्रमित

काठमाडौं, जेठ ३० : छिमेकी भारतमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिन थालेको छ। एकै दिन ११ हजार संक्रमित थपिएपछि महामारी फैलिएका देशको सूचिमा चौथो नम्बरमा पुगेको छ।

भारतमा लकडाउन खोल्न सुरु गरेसँगै कोरोना संक्रमितको संख्या दैनिक १० हजारको हाराहारीले बढेको छ। गत २४ घन्टामा थपिनेको संख्या ११ हजार एक सय २८ पुगेको छ।  यो अहिलेसम्मकै सबैभन्दा बढी हो।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ९८ हजार दुई सय ८३ पुगेको छ। भारत एकदिन छैटौं नम्बरमा चौथो नम्बरमा पुगेको छ। स्पेन र बेलायतलाई उछिन्दै चौथो नम्बरमा पुगेको हो।

शुक्रबार बिहानसम्म भारतमा आठ हजार पाँच सय एक जनाले ज्यान गुमाएका छन्। गत २४ घन्टामा मात्रै तीन सय ९४ जनाको ज्यान गएको छ। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।

अहिलेसम्म कोरोना संक्रमितमध्ये एक लाख ४६ हजार नौ सय ७६ जना निको भएका छन्। निको हुने दर बढेपछि त्यो भन्दा बढी संक्रमित थपिन लागेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित शहरमा मुम्बई रहेको छ। मुम्बईमा संक्रमितको संख्या ५० हजार नाघेको छ।

महाराष्ट्र सबैभन्दा प्रभावित राज्य बनेको छ। जहाँ चीनमा भन्दा बढी बिरामी भएका छन्। महाराष्ट्रमा संक्रमितको संख्या ९७ हजार ६ सय ६९ पुगेको छ। अहिलेसम्म तीन हजार पाँच सय ९० जनाले ज्यान गुमाइसकेका छन्।

त्यसपछि तमिलनाडुमा ३८ हजार सात सय १६, दिल्लीमा ३४ हजार ६ सय ८७, गुजरातमा २२ हजार ३२ र ११ हजार आठ सय ३८ जनामा कोरोना देखिएको छ।

नेपालसँग जोडिएका भारतीय राज्यमा पनि कोरोनाको संक्रमण भयावह बन्दै गएको छ। उत्तर प्रदेशमा १२ हजार ८८, पश्चिम बंगालमा नौ हजार सात सय ६८, उराखण्डमा एक हजार ६ सय ४३ र बिहारमा पाँच हजार नौ सय ८३ जनामा कोरोना देखिएको छ।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, जेठ ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्