Kathmandu Press

आपराधिक घटनामा कमी आयो : गृह मन्त्रालय

काठमाडौं जेठ २९ : मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ। 

नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै....

आपराधिक घटनामा कमी आयो : गृह मन्त्रालय

काठमाडौं जेठ २९ : मुलुकमा विगत वर्षको तुलनामा बन्दाबन्दीको समयमा आपराधिक घटनामा कमी आएको छ। 

नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ। तथ्यांकमा आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको देखिएको छ।

प्रहरीले केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका जनाएको छ। रुकुमको सोती र रुपन्देहीको गाई फार्ममा गम्भीर प्रकृतिको घटना भएका छन्। यी लगायतका घटनाहरुमाथि गम्भीर रुपमा छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ। 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटनामा विगतको भन्दा निक्कै कम देखिएको र आत्महत्याका घटनामा समेत कमी आएको बताए। उनका अनुसार विवरण विश्लेषण गर्दा करीब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ।

गुह मन्त्रालयबाट प्राप्त विवरण अनुसार चालु आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन्। यो संख्या गत आवको सोही अवधिमा ७११ थियो।  सङ्गठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए। चालु आवको सोही अवधिमा ५०३ पुग्यो । यस्तै महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा  एक हजार २१८ वटा घटना भएकामा चालु आवको सोही अवधिमा ६०० घटना भए। 

सामाजिक अपराध गत आवको पछिल्लो तीन महिनामा तीन हजार ५३२ वटा भए भने चालु आवमा ९२३ घटना मात्रै भएका छन्। सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालु आवको सोही अवधिमा २०७ वटा मात्रै भए। विवरणमा चालु आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्