Kathmandu Press

लकडाउन खुकुलो : के–के खुल्छ, के खुल्दैन ?

काडमाडौं, जेठ २९ : सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खुकुलो बनाउने निर्णय....

लकडाउन खुकुलो : के–के खुल्छ, के खुल्दैन ?

काडमाडौं, जेठ २९ : सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खुकुलो बनाउने निर्णय गरेको सञ्चार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। 

उनका अनुसार अब २१ किसिमका क्षेत्र खुला हुने भएका छन्। आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर ती क्षेत्र खुला गरिएको खतिवडाको भनाइ छ। सरकारले निजी सवारी जोर विजोर प्रणालीमा खुला गर्ने निर्णय गरेको छ। यस्तै आर्थिक वर्षको अन्त्यमा कामको चाप र सुरक्षा जोखिम हेरेर दुई सिफ्ट गरेर सरकारी कार्यालय खोल्ने निर्णय समेत गरेको छ।

के–के खुल्छन्? 

– स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

– औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

– पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

– फोहोरमैला व्यवस्थापन

– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

2 बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

– सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

– कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

– उत्पादनशील उद्योग

– निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

– विकास आयोजना (निजी क्षेत्रका समेत) 

– निर्माण कार्य (निजीसमेत)

– नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा 

– क्वारेन्टाइनका लागि तोकिएका होटल

– बिजुलीका सामान बिक्री र मर्मत

– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

– पुस्तक पसल तथा स्टेसनरी

– सबै प्रकारका ढुवानी सेवा

– अत्यावश्यक सेवाका कार्यालय

– अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (५० प्रतिशत कर्मचारी रहने गरी)

के–के खुल्दैनन् ?

– शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

– सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

– अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

– तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

– सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

– २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

– सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

– स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

– खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुती

– पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

– बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्