रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २९ : रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुनिलस्मृति गाउँपालिकाका एक महिलासहित १४ जनामा संक्रमण भएको रोल्पा अस्....

काठमाडौं, जेठ २९ : रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुनिलस्मृति गाउँपालिकाका एक महिलासहित १४ जनामा संक्रमण भएको रोल्पा अस्पतालले जनाएको छ।
संक्रमितहरु सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना रहेका छन्।
संक्रमण पुष्टि भएका सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु रहेका छन्।
यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ।
प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











