Kathmandu Press

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन सर्वोच्चको आदेश

काठमाडौं, जेठ २९ : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउँन व्यवसायीहरुलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सरकारले उद्योगी व्यवसायीलाई कर बुझाउनका लाग....

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउन सर्वोच्चको आदेश

काठमाडौं, जेठ २९ : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउँन व्यवसायीहरुलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सरकारले उद्योगी व्यवसायीलाई कर बुझाउनका लागि पटकपटक गरेको निर्देशन कार्यान्वयन नगर्न नगराउन भन्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिन भित्र कर बुझउँन अन्तरिम आदेश दिएको हो।

अधिवक्ता सृजना अधिकारीलगायतको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र डा. मनोज शर्माको संयुक्त इजलासले व्यवसायीले लकडाउन खुलेको ३० दिन भित्रमा कर बुझाए हुने गरी आदेश दिएको छ। 

सरकारले गत जेठ २० भित्रमा कर तिर्न व्यवसायीलाई समयसीमा दिएको थियो। उक्त दिनसम्म व्यवसायीले कर नतिरेपछि आगामी असार ५ गतेसम्मको लागि समयावधि बढाइएको छ।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्