Kathmandu Press

कोरोना नियन्त्रण गर्न चुकेको भन्दै देश र विदेशबाट सरकारलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस

काठमाडौं, जेठ २९ : कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ज्ञापनपत्र बुझाउने भएको छ।

असा....

कोरोना नियन्त्रण गर्न चुकेको भन्दै देश र विदेशबाट सरकारलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस

काठमाडौं, जेठ २९ : कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ज्ञापनपत्र बुझाउने भएको छ।

असार २ गते देश र विदेशस्थित जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो।  ‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारीपन, अकर्मण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका नेता श्री रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ।’

मुख्यसचिव पौडेलका अनुसार कांग्रेसले संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने छ।

यस्तै कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् नेपाल प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।  

कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री र  विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउनेछन्।

 

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्