गण्डकी प्रदेशमा २७ डेंगु संक्रमित भेटिए
पोखरा, जेठ २९ : गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिरामी भेटिएका छन्। कोरोना भाइरसको जोखिमका बीच डेंगु र स्क्रब टाइफसक....

पोखरा, जेठ २९ : गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिरामी भेटिएका छन्। कोरोना भाइरसको जोखिमका बीच डेंगु र स्क्रब टाइफसको पनि संक्रमण बढेको छ।
हालसम्म प्रदेशमा २७ जना डेंगुका बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेंगु संक्रमित भेटिएका छन्। म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेका छन्। गण्डकीका पर्वतमा दुई तथा बागलुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेंगु संक्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताए। उनका अनुसार बेनी नगरपालिका र मंगला गाउँपालिका क्षेत्रमा ‘एडिस’ जातको लामखुट्टे भेटिएकाले सो क्षेत्रलाई डेंगु रोगको जोखिमयुक्त क्षेत्रमा राखी रोग नियन्त्रणका गतिविधि शुरु गरिएको छ।
कास्कीलगायतका अन्य जिल्लामा समेत स्वास्थ्य संस्थामार्फत डेंगु संक्रमण फैलन नदिनका लागि ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रम शुरु गरिएको निर्देशनालयले जनाएको छ।











