Kathmandu Press

संसारभर साढे ७४ लाख संक्रमित, अमेरिकामा मात्रै २० लाख

काठमाडौं, जेठ २९ : कोरोना भाइरसको संक्रमण सुरु भएको ६ महीना नाघ्दा पनि नियन्त्रणमा आउन सकेको छैन। बिहीबारसम्म संसारभर कोरोना संक्रमितको संख्या साढे ७४....

संसारभर साढे ७४ लाख संक्रमित, अमेरिकामा मात्रै २० लाख

काठमाडौं, जेठ २९ : कोरोना भाइरसको संक्रमण सुरु भएको ६ महीना नाघ्दा पनि नियन्त्रणमा आउन सकेको छैन। बिहीबारसम्म संसारभर कोरोना संक्रमितको संख्या साढे ७४ लाख नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, देश तथा स्वशासित क्षेत्र गरि एक सय १३ वटा भौगोलिक क्षेत्रमा कोरोनाको संक्रमण देखिएको छ। अहिलेसम्म ७४ लाख ५८ हजार नौ सय ९३ जनामा कोरोना देखिएको छ।

बिहीबारसम्म कोरोनाबाट चार लाख १९ हजार २० जनाको ज्यान गएको छ। संसारभर ३७ लाख ३८ हजार दुई २४ जना निको भएका छन्।

सबैभन्दा बढी अमेरिकामा २० लाख ६६ हजार चार सय एक जनामा कोरोना देखिएको छ। जसमध्ये एक लाख १५ हजार एक सय ३० जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा सात लाख ७५ हजार एक सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३९ हजार सात सय ९७ जनाको मृत्यु भएको छ।

रुसमा चार लाख ९३ हजार ६ सय ५७ जनामा संक्रमण देखिएको छ। त्यहाँ ६ हजार तीन सय ५८ जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको बेलायतमा दुई लाख ९० हजार एक सय ४३ जनामा कोरोना देखिएको छ। कोरोनाबाट ४१ हजार एक सय २८ जनाले ज्यान गुमाएका छन्।

पाँचौ नम्बरमा रहेका स्पेनमा दुई लाख ८९ हजार तीन सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म २७ हजार एक सय ३६ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारत छैटौं नम्बरमा रहेको छ। भारतमा अहिलेसम्म दुई लाख ८७ हजार एक सय ५५ जनामा कोरोना देखिएको छ भने आठ हजार एक सय सात जनाले ज्यान गुमाएका छन्।

नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदै गएको छ। बिहीबारसम्म नेपालमा चार हजार तीन सय ६४ जनाका कोरोना देखिएको छ। जसमध्ये १५ जनाको ज्यान गएको छ। नेपालमा ६ सय ७४ जना निको भएका छन्।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, जेठ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्