संसारकै लामो लकडाउन नेपालमा, आजदेखि खुकुलो हुँदै
काठमाडौं, जेठ २९ : संसारमा सबैभन्दा लामो लकडाउन गर्ने देशमा नेपाल पनि परेको छ। लामाे लकडाउन आजदेखि लकडाउन खुकुलो हुन थालेकाे छ।
कोरोना भाइरस....

काठमाडौं, जेठ २९ : संसारमा सबैभन्दा लामो लकडाउन गर्ने देशमा नेपाल पनि परेको छ। लामाे लकडाउन आजदेखि लकडाउन खुकुलो हुन थालेकाे छ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि विभिन्न देशले लकडाउन गरेका थिए। त्यसमध्ये सबैभन्दा लामो लकडाउन गर्नेमा नेपाल पनि परेको हो।
गत चैत ११ गतेदेखि गरिएको लकडाउनको आज ८०औं दिन हो। नेपाल जतिक्कै लकडाउन फिलिपिन्सको मनिलामा गरिएको थियो। त्यहाँ पनि ८०औं दिनमा लकडाउन खोलिएको थियो। नेपालले भने ८०औं दिनमा लकडाउन खोल्न सुरु गरेको छ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पनि यति लामो लकडाउन गरिएको थिएन्। वुहानमा ७६ दिनमा लकडाउन खोलिएको थियो।
नेपालपछि कम लकडाउन गर्नेमा भारत छ। भारतमा आज लकडाउन ७९औं दिनमा प्रवेश गरेको छ। भारतले एक साता अघिदेखि लकडाउन खोल्न सुरु गरेको छ।
नेपालमा पनि आजदेखि लकडाउन खोल्न सुरु भएका छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउदै लग्ने निर्णय गरेको थियो।
सरकारको निर्णय अनुसार, आजदेखि काठमाडौं उपत्यकासहित संक्रमणको जोखिम कम भएका जिल्लामा लकडाउन खुकुलो गरिँदै लगिनेछ। उपत्यकालगायत संक्रमण कम भएका जिल्ला तथा शहरमा जोर तथा विजोर गरेर सवारी साधन चल्नेछन्।
त्यस्तै, दैनिक उपभोग्य सामानका पसल, मल, होटल, रेस्टुरेन्ट पनि आजदेखि खुल्नेछन्। सरकारी कार्यालय पनि खुल्नेछन्। जहाँ आधा मात्रै कर्मचारीलाई काममा लगाउनुपर्नेछ।
बैंक, वित्तीय संस्था, सहकारी र विमा सेवा पनि आजदेखि खुल्नेछन्। उत्पादनशिल उद्योग, निर्माण सामग्री उत्पादन गर्ने उद्योग, कृषिसँग सम्बन्धित कामकाज पनि आजदेखि सुरु हुनेछ।
शैक्षिक संस्था विद्यालय, कलेज, विश्वविद्यालय, सिनेमा हल, प्यालेस, डान्सबार भने अझै बन्द नै रहनेछन्। त्यस्तै, धार्मिक स्थल, सार्वजनिक स्थल, सार्वजनिक सभा, समारोह, जमघट पनि बन्द नै रहेछन्। लामो दूरीका सार्वजनिक यातायात, हवाइ सेवा पनि अहिले नै खुल्नेछैनन्।
नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि गत चैत ११ गते लकडाउन लागू गरिएको थियो। लकडाउनको ८०औं दिनमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ। जसमध्ये १५ जनाको मृत्यु भएको छ।











