कुवेतबाट आज फर्किँदै तीन सय नेपाली कामदार
काठमाडौं, जेठ २९ : कुवेतमा रहेका नेपाली कामदार आज स्वदेश फर्किँदै छन्। उनीहरु बोकेको एउटा जहाज काठमाडौंका लागि उडेको छ।
कोरोना भाइरसको महामा....

काठमाडौं, जेठ २९ : कुवेतमा रहेका नेपाली कामदार आज स्वदेश फर्किँदै छन्। उनीहरु बोकेको एउटा जहाज काठमाडौंका लागि उडेको छ।
कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो पटक कुवेतबाट नेपाली आउन लागेका हुन्। आज आउन लागेको सबै कामदार महिला रहेका छन्।
कवेतबाट जजीरा एयरलाइन्सको जहाजमा नेपाली स्वदेश फर्किन लागेका हुन्। करिब तीन सय नेपाली आज फर्किन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरुलाई बुधबार नै नेपाल पठाउन तयारी थियो। तर, प्राविधिक कारणले रोकिएछि आज बिहानै पठाएको हो।
उनीहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएका थिए। उनीहरु सबै घरेलु कामदार रहेको जनाएको छ।
अब विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने क्रम सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य देशबाट पनि कोरोनाका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याइनेछ।
पहिलो चरणमा असार ११ गतेसम्म २४ हजार नेपालीको उद्धार गर्ने तयारी छ। जसमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स प्रयोग गरिने भएका छन्।
उनीहरुलाई ल्याउन ४३ उडान हुनेछन्। जसमा नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन्।











