Kathmandu Press

सुदूरपश्चिममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि

धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ। 

बुधबार सेती प्रादेशिक अस्पतालको प्रयो....

सुदूरपश्चिममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ। 

बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका पाँच र कञ्चनपुरका एक गरी थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ वर्षीय पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिकामा २२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६४ पुगेको छ।

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४ पुगेको छ। संक्रमितमध्ये ६७४ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्