चार्टर्ड फ्लाइटका नाममा महँगो भाडा लिनेमाथि छानविन गर्न समिति गठन
काठमाडौं, जेठ २७ : चार्टर्ड फ्लाइट गर्दा ट्राभल एजेन्सीहरुले महँगो मूल्यमा भाडा लिएको विषयमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयल....

काठमाडौं, जेठ २७ : चार्टर्ड फ्लाइट गर्दा ट्राभल एजेन्सीहरुले महँगो मूल्यमा भाडा लिएको विषयमा छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानविन समिति गठन गरेको छ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएको हो। ‘कोभिड–१९ का कारण सिर्जित परिस्थितिले गर्दा नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविकरुपमा बढी रकम लिई टिकट विक्री गरेको गुनासो आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा विमान चार्टर्ड गरी यात्रु ओसार्दा टिकट विक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न छानवीन समिति गठन गरिएको छ।’
याे पनि : पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट!
.jpg)
याे पनि : क्यानले रोक्न निर्देशन दिएपनि धमाधम चार्टर्ड उडान गर्दै ट्राभल एजेन्सी
मन्त्रालयले,आगामी दिनमा विमान चार्टर गर्दा जुन देशको लागि चार्टर्ड गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर्ड उडानका लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने व्यवस्था गरिएको वनाएको छ।
यस्तै, भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।











