कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २८ : कर्णाली प्रदेशमा बुधबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छ....

काठमाडौं, जेठ २८ : कर्णाली प्रदेशमा बुधबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा गरीएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।
जसमध्ये दैलेखका २५, सुर्खेतका ९, र जाजरकोटका ३ जना रहेका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १५:४६ बजे, बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











