Kathmandu Press

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई  पारित गरेको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा....

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ लाई  पारित गरेको छ। 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको हो। यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले  बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री डा खतिवडाले यही जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक विवरण(बजेट) प्रस्तुत गरेका थिए।

सरकारले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। उक्त बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब  ७९ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ। बजेटका स्रोतमध्ये राजश्वबाट  आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका  सदस्यले  २६  खर्च कटौतीसम्बन्धी  राखेको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत गर्‍यो।  विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिइएको  थियो।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्