Kathmandu Press

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना  नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सा....

अहिले खर्च होइन, कोभिड –१९ को चिन्ता गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना  नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदहरुलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उनले भने, 'कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर म दावी गर्दिन, भएकै छ भनेर सोच्नुपर्ने स्थिति पनि देख्दिन, अहिले कोरोना रोकथाम र उपचारका लागि भएको खर्चको हिसाबको चिन्ता नगरौं, कोभिड– १९ को चिन्ता गरौं।'

राष्ट्रिय संकटका बेला, सिंगो दुनियाँमा यस्तो विपद् आइलागेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने कुनै हालतमा सह्य हुन नसक्ने बताउँदै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने  दृढता व्यक्त गरे।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्