कर्णाली नदीमा टिपर खस्यो, दुईको मृत्यु, ६ बेपत्ता
कालिकोट, जेठ २८ : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ। ३९ जना यात्रु....

कालिकोट, जेठ २८ : कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा टिपर दुर्घटना हुँँदा दुई जनाको मृत्यु भएको छ। ३९ जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो।
टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए। उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ। बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १४:२१ बजे, बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











