प्रधानमन्त्री कार्यालय मातहतका निकायको प्रभावकारिता बढ्दो
काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका निकायको प्रभावकारिता बढेको बताएका छन्।&nbs....

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका निकायको प्रभावकारिता बढेको बताएका छन्।
विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै प्रधानमन्त्रीले यसमा सरकारका काम प्रभावकारी बढाउनेबाहेक अरु उद्देश्य नभएको स्पष्ट पारे।
प्रधानमन्त्री कार्यालय मातहत ल्याइएका निकायको अहिलेको काम प्रभावकारी ढंगले अघि बढेको उनको भनाई छ।
उनले शक्ति केन्द्रित गर्ने आफ्नो कुनै इच्छा नभएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरीद अनुगमनको कार्यालयलगायत निकायको काम प्रभावकारी रुपले अघि बढेकाले यसको औचित्य पुष्टि भएको बताए।
उनले भने, “हामी कोरोनाको सामना गर्न शुरुदेखि नै गम्भीर भएर लागेका छौं। यसबाट पर्ने असर सबैलाई पर्छ। यसको सामना गर्नुपर्दा सबैको प्रयास आवश्यक छ। यसमा आएका सुझाव र टिप्पणीलाई नकारात्मक रुपमा लिनुपर्ने कारण छैन। हाम्रा प्रयास पनि शतप्रतिशत ठीक र सफल भएको भन्दिन तर हाम्रा प्रयास प्रभावकारी भएका हुनाले दुनियाँमा भयावह अवस्था हुँदा पनि यहाँ त्यस्तो अवस्था हुन पाएन।
पहिलो कोरोना परीक्षण हङकङ पठाइएको र अहिले २१ परीक्षण केन्द्र नेपालमै रहेको बताउँदै प्रधानमन्त्री ओलीले केही कमजोरी देखिएमा त्यसलाई सच्याइने बताए। उनले धेरै जनसंख्याका लागि एकैचोटि ठूलो मात्रामा क्वारेन्टाइन व्यवस्थापन गर्नु सरल र सहज नभएको बताउँदै आज रोग नियन्त्रण व्यवस्थापन राम्रोसँग बन्दै गएको स्पष्ट पारे











