Kathmandu Press

युवा सघंद्वारा सांसद गिरीलाई कारवाही गर्न माग

काठमाडौं, जेठ २८ : राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ। संघको संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौड....

युवा सघंद्वारा सांसद गिरीलाई कारवाही गर्न माग

काठमाडौं, जेठ २८ : राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ। संघको संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका हुन्।

'संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो संगठनको ठहर रहेको छ,' विज्ञप्तिमा भनिएको छ।

संघले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ। संघले सांसद गिरीको संघीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ।

यस्तै युवासंघले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाकोे निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारवाही गर्नसमेत माग गरेको छ। यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणमा अस्पतालको असंवेदनशीलता र राज्यको उत्तरदायित्वमाथि प्रश्न उठेको संघले जनाएको छ। संघले अस्पताल प्रशासनमाथि छानबिन गर्न र आउजीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्