Kathmandu Press

थुनुवाको मृत्यु भएपछि प्रहरी कार्यालयमा तोडफोड

धनुषा, जेठ २८ : थुनामा रहेका युवकको मृत्यु भएपछि धनुषाको सवैला इलाका प्रहरी कार्यालयमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन्।

इलाका प्रहरी कार....

थुनुवाको मृत्यु भएपछि प्रहरी कार्यालयमा तोडफोड
रासस

धनुषा, जेठ २८ : थुनामा रहेका युवकको मृत्यु भएपछि धनुषाको सवैला इलाका प्रहरी कार्यालयमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन्।

इलाका प्रहरी कार्यालयको थुनामा रहेका धनुषाको सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहरको गएराति मृत्यु भएको थियो। उनी झुन्डिएको अवस्थामा भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए।

उनी सवारी ज्यान कसुर मुद्दामा प्रहरीको थुनामा रहेका थिए। राति २ बजे शौचालयमा झण्डिएको अवस्थामा भेटिएको इन्स्पेक्टर यादवले बताए।

शंकास्पद रहेको भन्दै स्थानीय वासिन्दाले बिहानैदेखि प्रदर्शन गरेका छन्। उनीहरुले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको भ्यान तोडफोड गरेका छन्। स्थानीय वासिन्दाले सकड समेत अवरुद्ध गरेका छन्।

कार्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ। केही राउन्ड अश्रुश्यास प्रहार गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ११:०३ बजे, बुधबार, जेठ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्