धनुषामा गोली प्रहार गरि युवकको हत्या
धनुषा, जेठ २८ : धनुषाको सबैलामा गएराति गोली प्रहार गरि एक युवकको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोली प्रहार गरी सबैला नगरपा....

धनुषा, जेठ २८ : धनुषाको सबैलामा गएराति गोली प्रहार गरि एक युवकको हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या गरिएको छ। उनको शव आज बिहान घरभन्दा करिब दुई सय मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। डीएसपी कार्कीका अनुसार हारुनको छातीमा एक गोली लागेको छ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी हत्या गरेको जस्तो देखिएको बताए। हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन।
शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। (रासस)











