म्याग्दीमा पहिरो, चार वर्षीया बालिकासहित दुईको मृत्यु
म्याग्दी, जेठ २८ : गएराति म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा गएको छ। पहिरोमा पुरिएर चार वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको ....

म्याग्दी, जेठ २८ : गएराति म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा गएको छ। पहिरोमा पुरिएर चार वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार। पहिरोमा परेर ५० वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको मृत्यु भएको हो। मङ्गलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए।
सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले उनीहरु पुरिएका हुन्। पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयवासीले हमाया र रोशनीको शव फेला पारेको छ।
पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ। पशुचौपायको भने क्षति भएको छैन। थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ। (रासस)











