Kathmandu Press

चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, जेठ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनका बेला चार्टर्ड उडान गरी चर्को शुल्क लिने एजेन्सी र उडान अनुमति दिने सरकारी अधिकारीला....

चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं, जेठ २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनका बेला चार्टर्ड उडान गरी चर्को शुल्क लिने एजेन्सी र उडान अनुमति दिने सरकारी अधिकारीलाई कारबाही गर्न माग गरेको छ।  

कांग्रेसको जनसम्पर्क समन्वय विभागका संयोजक गोविन्द भट्टराईले मंगलबार विज्ञप्ती जारी गर्दै चर्को भाडा लिनेलाई कारबाहीको माग गरेका हुन्।  ‘कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरीनै असर गरिरहेका बेला केही निजि ट्राभल्स कम्पनी पोस्ने मनासयले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडान गरेको देखिएको छ । मानिसहरुले रोजगारी गुमाएको र पेशा–व्यवशाय संकटमा परेको अहिलेको अवस्थामा सरकारलेनै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने हो,’ विज्ञप्तीमा भनिएको छ, ‘ तर तोकिएको भाडादर भन्दा चार गुणा महङगो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायतमा मुलुकमा चार्टर्ड उडान गरिरहेका छन् । यो महामारीको समयमा सामाजिक उत्तरदायित्व बोध समेत नगरी भएका यस्ता कार्य तत्काल रोक्न म सरकारसँग निम्न अनुसारको माग गर्दछुु ।’ 

उनले चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएकोभन्दा महङगो शुल्क लिने अनुमति दिने पर्यटन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्यान प्राधिकरणका अधिकारीहरु, गृह मन्त्रालय, लगायतमाथि छानविन सुरु गर्न समेत माग गरेका छन्। 

‘नेपाल वायु सेवा निगमको चार्टर्ड उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो ? त्यसको तत्काल सार्वजनिक गरी महङगो भाडा लिएका ट्राभल्स एजेन्सीमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बडाइयोस,’ विज्ञप्तीमा भनिएको छ। 

भट्टराईले कुवेत लगायतका केही मुलुकहरुले नेपाली कामदारलाई उनीहरुकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहेको भन्दै आउन चहानेलाई तत्काल फिर्ता ल्याउन माग समेत गरेका छन्। ‘४१ दिनदेखि कुवेत सरकारले नेपाली कामदारलाई ट्राभल्स डकुमेट तयार गरी एकै ठाउँमा राखेर नेपाल ल्याउने अनुमति कुरिरहेको  छ। तर नेपाल सरकारले अझैसम्म किन उनीहरुलाई आउने अनुमति दिएको छैन ?,’ विज्ञप्तीमा भनिएको छ, ‘कि ति नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेला सुरु गर्नका लागि रोकिएको हो रु तत्काल नेपाल आउन चाहेन ति नेपालीहरुलाई फिर्ता ल्याउने अनुमति दिइयोस्।’


 

प्रकाशित मिति: २०:५७ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्