भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी माहिलाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं, जेठ २७ : भक्तपुर अस्पतालमा आइतबार राति मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ की ३६ वर्षीया ....

काठमाडौं, जेठ २७ : भक्तपुर अस्पतालमा आइतबार राति मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका ३ की ३६ वर्षीया सुत्केरी महिलाको आइतबार राति मृत्यु भएको थियो।
महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणको लागि स्वाब संकलन गरेको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालले जनाएको छ।
अस्पताल आउँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको र स्वास्थ्य परीक्षण गर्दा उनको छातीमा समेत खराबी देखिएको अस्पतालले जनाएको छ। डेलिभरी पश्चात अचानक उनमा श्वासप्रश्वासमा समस्या देखिन गई शरीरमा अक्सिजनको मात्रा कम भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।











