Kathmandu Press

भरतपुरको कोरोना विशेष अस्पतालमा भएको चोरीको आरोपमा तीनविरुद्ध प्रहरीमा जाहेरी

चितवन, जेठ २७ : भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको भरतपुर कोरोना विशेष(अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहे....

भरतपुरको कोरोना विशेष अस्पतालमा भएको चोरीको आरोपमा तीनविरुद्ध प्रहरीमा जाहेरी
फाइल फोटो

चितवन, जेठ २७ : भरतपुुर महानगरपालिकाको अगुवाईमा स्थापना गरिएको भरतपुर कोरोना विशेष(अस्थाई) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन जना वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन्। अस्पतालमा भएको चोरीको विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए। कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरु माथि कारवाहीको माग जनप्रतिनिधिहरुले गर्दै आएका थिए। 

फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ। आफूहरुको माग सुनुवाई नभएको भन्दै जनप्रतिनिधिहरुका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिक रुपमा उजुरी दर्ता गराएका हुन्।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्