साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक सर्यो
काठमाडौं, जेठ २७ : लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद बैठक सरेको छ।
मंगलबार साँझ ६ बजे बस्ने भ....

काठमाडौं, जेठ २७ : लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बस्ने भनिएको मन्त्रिपरिषद बैठक सरेको छ।
मंगलबार साँझ ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू संसदमा व्यस्त भएको कारण बैठक सारिएको हो।
बैठक बुधबार २ बजेका लागि तय भएको छ।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











