Kathmandu Press

लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, जेठ २६ : लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रधान....

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ६ बजे कोरोना भाइरसको संक्रमण दर अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बैठक बस्न लागिएको हो।

यसअघिको बैठकले लकडाउनको परिवर्तित मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
 
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्