Kathmandu Press

कर्णाली प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २७ : कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण ....

कर्णाली प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २७ : कर्णाली प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा थप २० जना संक्रमित थपिएका हुन्।

सल्यानमा, १३, सुर्खेतमा ५ जना र जुम्लामा २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

योसँगै कर्णालीमा संक्रमितको संख्या ६७१ पुगेको छ।

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्