Kathmandu Press

आसार १ देखि होम स्कुलिङ सुरु गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं, जेठ २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने बताएका छन्। 

सांसद....

आसार १ देखि होम स्कुलिङ सुरु गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं, जेठ २७ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले असार १ गतेदेखि होम स्कुलिङ सुरू हुने बताएका छन्। 

सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बोल्दै शिक्षामन्त्री पोखरेलले विद्यार्थीलाई घरबाटै शिक्षण सिकाइ क्रियाकलापमा निरन्तरता दिन गरिएको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।

उनले भने, ‘परिवेश अनुकूल हुने गरी सिकाइ निरन्तरताको तयारी गरिएको छ, रेडियो /अनलाइन/टिभी जे बाट सम्भव हुन्छ त्यसबाट सिकाइ निरन्तरता गरिन्छ। होम स्कुलिङका लागि बजेट उपलब्ध गराइसकिएको छ।’

शिक्षामन्त्री पोखरेलले महामारीका कारण भएको कक्षा १०, ११, र १२ तथा विश्वविद्यालयका विभिन्न तह र सिटिइभिटीलगायतका विभिन्न परीक्षका सम्बन्धमा भएका अन्योलतालाई तत्काल हटाउने बताएका छन् । ‘विद्यालय तह, स्नातक तह, स्नातकोत्तर तहलगायतका सबै तहका अन्तिम वर्ष वा अन्तिम सेमेस्टरका परीक्षाहरु केही सयम कुरेर भएपनि उपयुक्त समयमा गर्ने सरकारको तयारी छ,’ शिक्षामन्त्री पोखरेलले भने, ‘हाल पहिलो सेमेस्टर पढाइ सकेकालाई परीक्षा नलिई अर्को सेमेस्टरको पढाइ सुरु गर्न दिनइने छ । र, उपयुक्त समयमा परीक्षा लिने ।’


यस्तै, मन्त्री पोखरेलले शैक्षिकसत्रमा क्षति हुन नदिनेतर्फ गृहकार्य गरिरहेको बताएका छन् । परीक्षाका विषयमा विद्यार्थी र अविभाकमा रहेका अन्योलता धेरै दिन रहने पनि मन्त्री पोखरेलले बताएका छन् ।

 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्