एमसीसीबारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं, जेठ २७ : अमेरिकी सहयोग एमसीसीबारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताल....

काठमाडौं, जेठ २७ : अमेरिकी सहयोग एमसीसीबारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताले सचिवालय बैठक स्थगित गरिएको जनाएको छ। आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको थियो।
सरकारले एमसीसी सहयोगअन्तर्गतको कार्यक्रमलाई पनि बजेटमा राखेपछि नेकपाभित्र विवाद चर्किएको हो। यस अघि नेकपा अध्ययन कार्यदलले एमसीसी सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्ने सुझाव दिएको थियो।
त्यसविपरित नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको भन्दै पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ। त्यसलाई सम्बोधन गर्नेगरि छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।
यस अघि जेठ १७ गते बसेको नेकपा सचिवालय बैठकमा पनि एमसीसीबारे छलफल भएको थियो। कार्यदलले प्रतिवेदन बुझाएपनि त्यसदिनको बैठकमा खासै छलफल हुन सकेको थिएन्।
प्रधानमन्त्री ओली संसद्को यहि अधिवेशनबाट एमसीसी सम्झौता पारित गर्ने पक्षमा छन्। तर, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बामदेव गौतम यसको विपक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल यस विषयमा खुलेर बोलेका छैनन।











