Kathmandu Press

पाँच जनाको सामुहिक हत्यामा एक युवक पक्राउ

रुपन्देही, जेठ २७ : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गएराति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक युवकलाई पक....

पाँच जनाको सामुहिक हत्यामा एक युवक पक्राउ
रासस

रुपन्देही, जेठ २७ : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गएराति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गएराति सामुहिक हत्या गरिएकामा एक महिला र चार पुरुष छन्। घटनास्थल गाई फार्म नजिकै भेटिएका ४० वर्षीय झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए। उनी सोही फार्ममा कार्यरत रहेको जनाएको छ।

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले स्थानीय वासिन्दा कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने पाँच जनाको हत्या गरिएको छ।

हत्या गरिएका पाँच जनामा रुपन्देही सैनामैनाका माधव मुसहर र ३७ वर्षीया जानकी मुसहर, तिलोत्तमा–९ का १४ वर्षीय पोखराज मुसहर, १५ वर्षीय आशिष चौधरी र १६ वर्षीय करण चौधरीको रहेका छन्।

डीएसपी खत्रीअनुसार अभियुक्तले खेत खन्ने फरुवा प्रहार गरी हत्या गरेका थिए। मृतकमध्येका माधव र जानकी दम्पती हुन्। उनीहरु सोही फार्ममा काम गर्दै आएका थिए।

हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन। पशु फारामका सञ्चालक पुनले फाराममा काम गर्ने मजदुरबीच अहिलेसम्म कुनै विवाद भएको आफूलाई थाहा नभएको बताएको वडाध्यक्ष व्यासमुनि चौधरीले बताए।

प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्