Kathmandu Press

कोरोना संक्रमित बाेकेको एम्बुलेन्स दुर्घटना, पाँच घाइते

अर्घाखाँची, जेठ २७ : कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच जना सङ्क्रमित घाइते भएका छन्।

स....

कोरोना संक्रमित बाेकेको एम्बुलेन्स दुर्घटना, पाँच घाइते

अर्घाखाँची, जेठ २७ : कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच जना सङ्क्रमित घाइते भएका छन्।

सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं. १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो।

खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा पाँच जना घायते भएका छन्। उनीहरु सबैलाई हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए।

प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्