Kathmandu Press

काेराेनाबाट थप एक बृद्धको मृत्यु, मृतककाे संख्या १५ पुग्याे

भरतपुर, जेठ २७ : भरतपुरमा एक जना कोरोना भाइरस संक्रमति बृद्धको आज बिहान मृत्यु भएको छ।

भरतपुरको नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमण ....

काेराेनाबाट थप एक बृद्धको मृत्यु, मृतककाे संख्या १५ पुग्याे

भरतपुर, जेठ २७ : भरतपुरमा एक जना कोरोना भाइरस संक्रमति बृद्धको आज बिहान मृत्यु भएको छ।

भरतपुरको नारायणी सामुदायिक अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएको थियो। उनको आज बिहान ७ः५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो। चिकित्सकका अनुसार कोरोना संक्रमित बृद्धलाई निमोनिया पनि भएको थियो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए। बिरामी गम्भीर भएकाले अस्पताल सार्ने÷नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले बताए।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको थियो। जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन्।

भरतपुर महानगरपालिका–११ सामनाटोलका बृद्ध ६८ वर्षका थिए। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए। परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए।

योसँग नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको थियो। सोमबारसम्म १४ जनाको मृत्यु भएको थियो।

सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो। तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए। (रासस)

प्रकाशित मिति: ०९:३८ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्