रुपन्देही घटना : मृतक पाँच जनाको नाम खुल्यो
काठमाडौं, जेठ २७ : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवामा हत्या भएका ५ जनाको जनाको नाम खुलेको छ ।
हत्या गरिएकाहरुमा आषिश चौधरी, ....

काठमाडौं, जेठ २७ : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवामा हत्या भएका ५ जनाको जनाको नाम खुलेको छ ।
हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् ।
घटनामा सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
फार्ममा काम गर्नेहरु पाँचजनालाई कोदालो प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:३९ बजे, मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











