सुदूरपश्चिम प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २६ : सुदूरपश्चिम प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ३७ जनामा कोरोन....

काठमाडौं, जेठ २६ : सुदूरपश्चिम प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका सात, कैलालीका एक जनामा संक्रमण पुष्टि भएको हो।
योसहित सुदूरपश्चिम प्रदेशमा संक्रमितको एक सय ४७ पुगेको छ।
संक्रमितहरु कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जना रहेका छन्।
प्रकाशित मिति: १९:४७ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











