अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण
काठमाडौं, जेठ २६ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विकमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
उपमेयर विकमा सोमबार कोरो....

काठमाडौं, जेठ २६ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विकमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
उपमेयर विकमा सोमबार कोरोनाको संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए। उनका अनुसार उपमेयरमा कोरोनाको संक्रमण पुष्टि भएपछि घरमा आराम गरेर बसेका छन्।
उपप्रमुख विकसहित सोमबारमात्रै सन्धिखर्क नगरपालिकाका २९, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एक–एक जनामा संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १५:५४ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











