Kathmandu Press

भारतमा पहिलो चरणमा खुले मन्दिर, मस्जिद र होटल

काठमाडौं, जेठ २६ : भारतले ७६ दिनपछि लकडाउन खोल्न सुरु गरेको छ। लकडाउन खोल्ने पहिलो चरण आजदेखि सुरु भएको छ।

भारतले तीन चरणमा लकडाउन खोल्ने यो....

भारतमा पहिलो चरणमा खुले मन्दिर, मस्जिद र होटल
एजेन्सी

काठमाडौं, जेठ २६ : भारतले ७६ दिनपछि लकडाउन खोल्न सुरु गरेको छ। लकडाउन खोल्ने पहिलो चरण आजदेखि सुरु भएको छ।

भारतले तीन चरणमा लकडाउन खोल्ने योजना भएको छ। आजदेखि सुरु भएको पहिलो चरणमा मन्दिर, मस्जिद, रेस्टुरेन्ट र होटलहरु खुलेका छन्। सपिन मल पनि आजदेखि खुलेका छन्।

मन्दिर, मस्जिद, रेस्टुरेन्ट र होटलहरुमा जाँदा पनि केही निर्देशन भने पालना गर्नुपर्नेछ। जसमा ६ फिटको दूरी बनाइराख्नुपर्नेछ। त्यस्तै, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने तथा साबुनपानीले नियमित हात धुन आग्रह गरिएको छ।

लकडाउन खोल्न सुरु गरेको पहिलो चरणमा केही व्यक्तिलाई भने घरबाहिर ननिस्कन आग्रह गरिएको छ। ६० वर्षभन्दा माथिका नागरिक, १० वर्षमूनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले घरमै बस्नुपर्नेछ।

आजदेखि मन्दिर मस्जिद खुले पनि केही कडाइ भने गरिएको छ। सामुहिक रुपमा भजनकीर्तन तथा पूजापाठ गर्न पाइनेछैन। मन्दिरका घण्टी, पूजाका सामान समात्न पाइनेछैन्। त्यस्तै, मन्दिर र मस्जिदमा प्रार्थना गर्दा र बस्दा आफ्नै सामान लग्नुपर्नेछ।

यस्तै, रेस्टुरेन्टमा पनि केही कडाइ यथावत रहेको छ। रेस्टुरेन्टको क्षमताभन्दा ५० प्रतिशत मात्रै ग्राहकलाई मात्र प्रवेश दिनुपर्नेछ। डिस्पोजल मेन्यु र नेपकिनको प्रयोग गर्नुपर्नेछ। एक पटक प्रयोग भएपछि टेबुल तथा अन्य सरसामान स्यानिटाइजर गर्नुपर्नेछ।

स्कुल, कलेज, विश्वविद्यालय भने अहिले पनि बन्द नै रहनेछन्। आन्तरिक हवाइसेवा, बस तथा रेल भने एक साता अघिदेखि नै सञ्चालन भइसकेका छन्।

भारतमा अहिले पनि दैनिक १० हजारका दरले संक्रमित थपिँदै आएका छन्। आजै पनि ६ सय चार संक्रमित थपिएका छन्।

अहिलेसम्म भारतमा संक्रमितको संख्या दुई लाख ५८ हजार ९० पुगेको छ। तैपनि जनजीवन कष्टकर बनेको उल्लेख गदै सरकारले लकडाउन खोल्न सुरु गरेको हो।

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्