Kathmandu Press

कर्णालीमा कोरोना फैलिँदै, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, जेठ २६ : प्रदेश २ र ५ पछि कर्णालीमा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। केही दिनदेखि कर्णालीमा संक्रमितको संख्या बढ्दै गएको छ।

....
कर्णालीमा कोरोना फैलिँदै, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, जेठ २६ : प्रदेश २ र ५ पछि कर्णालीमा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ। केही दिनदेखि कर्णालीमा संक्रमितको संख्या बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। यसमध्ये १४ जनाको मृत्यु भएको छ भने चार सय ६७ जना निको भएका छन्।

सोमबारसम्म सबैभन्दा बढी संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा भेटिएका एक हजार एक सय ६१ जनामध्ये एक जनाको मृत्यु भएको छ। अहिलेसम्म एक सय ८७ जना निको भएका छन्।

त्यसपछि प्रदेश ५ मा एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ। चार जनाको मृत्यु भएको छ भने एक सय ३३ जना निको भएका छन्।

तेस्रो नम्बरमा कर्णाली प्रदेश रहेको छ। वैशाखसम्म संक्रमण नदेखिएको कर्णालीमा जेठपछि मात्रै संक्रमण देखिएको हो।

सोमबारसम्म कर्णाली प्रदेशमा ६ सय ३३ जनामा कोरोना देखिएको छ। अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने नौ जना निको भएका छन्।

चौथो नम्बरमा रहेको प्रदेश १ मा दुई सय ५९ जनामा कोरोना देखिएको छ। जसमध्ये ९१ जना निको भएका छन्। प्रदेश १ मा कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन।

त्यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या बराबर रहेको छ, एक सय ११। सुदूरपश्चिममा तीन जनाले ज्यान गुमाएका छन भने १३ जना निको भएका छन्। गण्डकीमा कसैले पनि ज्यान गुमाउनु परेको छैन भने तीन जना निको भएका छन्।

सबैभन्दा कम बागमती प्रदेशमा ९२ जनामा कोरोना देखिएको छ। जसमध्ये तीन जनाको मृत्यु भएको छ भने ३२ जना निको भएका छन्। कोरोना संक्रमित निको हुने दर भने नेपालमा न्यून रहेको छ।

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्