Kathmandu Press

पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ : पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परी....

पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ : पर्साका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जगरनाथपुर गाउँपालिका ६ का बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको हो।

१५ दिन अघि भारतबाट आएर स्थानीय सन्ठी क्वारेन्टाइनमा बसेका ३४ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

संक्रमित सबैलाई गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ। 

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्