Kathmandu Press

सप्तरीको एउटै गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ : सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

केही समय अघि धारतबाट नेपाल आएर क्वारेन्टाइन....

सप्तरीको एउटै गाउँपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ : सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

केही समय अघि धारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। 

संक्रमित हुनेहरु बलान बिहुल गाउँपालिका ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन्।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। 

योसन्र्ग सप्तरीमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ।

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्