बारामा तीन वर्षीया बालिकासहित पाँचमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २६ : बाराका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्थानीय हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेक....

काठमाडौं, जेठ २६ : बाराका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्थानीय हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका ३९ जना स्वाब परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमितहरु सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष, २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरी रहेकी छन्।
संक्रमितहरुलाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।
उनीहरु सबै केही दिन अघि भारतबाट आएका थिए।
प्रकाशित मिति: ११:३९ बजे, सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











