Kathmandu Press

कोरोना संक्रमितलाई अनलाइनबाटै अस्पताल भर्ना

विराटनगर, जेठ २६ : मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट कोरोना भाइरस सङ्क्रमितलाई भर्ना गरिने भएको छ।

प्रदेश १ सरक....

कोरोना संक्रमितलाई अनलाइनबाटै अस्पताल भर्ना

विराटनगर, जेठ २६ : मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट कोरोना भाइरस सङ्क्रमितलाई भर्ना गरिने भएको छ।

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए।

उनका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ। कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा.शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए। सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन्।

उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ। अब ५१ बेड थपिने भएको छ।

सङ्क्रमितको उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन्। मन्त्रालयले अस्पतालमा २४ सै घन्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ। (रासस)

प्रकाशित मिति: १०:१५ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्