Kathmandu Press

वायु प्रदूषणका कारण धूमपानले भन्दा धेरै मानिसको मृत्यु

लन्डन : विश्वमा धूमपानले भन्दा पनि वायु प्रदूषणले धेरै मानिस मर्ने गरेको एक नयाँ अध्ययनले देखाएको छ । मंगलबार प्रकाशित यो अध्ययन प्रतिवेदनले....

वायु प्रदूषणका कारण धूमपानले भन्दा धेरै मानिसको मृत्यु
रिवाज राई

लन्डन : विश्वमा धूमपानले भन्दा पनि वायु प्रदूषणले धेरै मानिस मर्ने गरेको एक नयाँ अध्ययनले देखाएको छ । मंगलबार प्रकाशित यो अध्ययन प्रतिवेदनले वायु प्रदूषणको जोखिम घटाउन जैविक इन्धनको प्रयोग तत्काल बन्द गर्न पनि आह्वान गरेको छ। 

जर्मनी र साइप्रसका अनुसन्धाताहरूले वायु प्रदुषणका कारण सन् २०१५ मा ८८ लाखले ज्यान गुमाएको अनुमान गरेका छन्। यसअघि यसरी ज्यान गुमाउनेहरूको संख्या ४५ लाख रहेकाे अनुमान गरिएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर वार्षिक ७० लाखको मृत्यु धूमपानबाट हुन्छ।

यूरोपमा सात लाख ९० हजारले वायु प्रदुषणबाट ज्यान गुमाएको अनुसन्धाताहरूको अनुमान छ । उनीहरूमध्ये ४० देखि ८० प्रतिशतको मृत्यु मुटुरोग र हृदयाघातका कारण भएको थियो ।

Hardik ivf

‘यूरोपमा अधिकांश सूक्ष्ण अणु र अन्य वायु प्रदुषक जैविक इन्धनबाट उत्पादन हुने भएकाले तत्कालै उर्जाका अन्य विकल्प रोज्नुपर्छ,’ प्राध्यापक योस लेलिभेल्डले बताए । उनी माइन्जस्थित म्याक्स–प्ल्याङ्क इन्स्टिच्युट अफ केमिस्ट्री र साइप्रसस्थित साइप्रस इन्स्टिच्युट अफ निकोसियासँग आबद्ध छन् ।

‘सफा र नवीकरणीय उर्जा प्रयोग गर्दा, जलवायु परिवर्तनको प्रभाव समाधान गर्ने पेरिस सम्झौताको पालना मात्रै हुँदैन । यूरोपमा वायु प्रदुषणका कारण हुने ५५ प्रतिशत मृत्यु पनि न्यूनिकरण हुन्छ ।’

युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन ओजोन र पिएम२.५ भनिने सूक्ष्म प्रदुषण कणमा केन्द्रित छ । फोक्सो र रगतमा सजिलै प्रवेश गर्न सक्ने भएकाले यिनीहरू स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छन् ।

पिएम २.५ ले यस अघि अनुमान गरिएकोभन्दा बढी हानिकारक प्रभाव पार्ने नयाँ तथ्याङ्कले देखाएको अनुसन्धाताहरूले बताएका छन् । यो नै श्वासप्रश्वास र मुटुरोगको मुख्य कारण हो ।

उनीहरूले युरोपमा पिएम२.५ को माथिल्लो सीमा न्युनिकरण गर्न आग्रह गरेका छन् । हाल त्यहाँको सीमा २५ माइक्रोग्राम प्रति घनमीटर तोकिएको छ । यो विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २.५ गुणा बढी हो।

‘युरोपको अधिकतम मानक निकै उच्च छ,’ लेलिभेल्ड र जर्मनीस्थित युनिभर्सिटी मेडिकल सेन्टरको डिपार्टमेन्ट अफ कार्डियोलोजीका प्राध्यापक थोमस मुञ्जेलले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन्।

‘संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र क्यानडामा विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशनलाई कानुन निर्माणको आधार मानिन्छ । युरोपेली संघमा पनि यस्को आवश्यकता छ ।’

विश्वभरि प्रति वर्ष एक लाख मानिसमध्ये थप एक सय २० जनाले वायु प्रदुषणका कारण ज्यान गुमाए । युरोपका केही भागमा अझ बढी प्रति लाख दुई सयको ज्यान वायु प्रदुषणले लिएको छ ।

‘प्रष्ट भन्दा धुमपानको तुलनामा प्रति वर्ष वायु प्रदुषणले धेरैको ज्यान लिएको छ,’ मुञ्जेलले भने ।

‘धुमपान टार्न सकिन्छ तर वायु प्रदुषण सकिदैंन ।’

 

प्रकाशित मिति: ०७:२४ बजे, बिहीबार, फागुन ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्